स्वार्थ

swartha

 

अरबौँ आत्माहरु साथ खोज्दै यत्रतत्र छन्,
मपाईँ गर्दै आफ्नो स्वार्थमा जुट्ने यहाँ कति कति
इज्जतको त क कुरा, आफ्नै आस्था लुट्ने यहाँ कति कति

म हात बडाउँछु, थाक्छु, फेरी हात बडाउँछु
कालो डढेको झिनो आश भुट्ने यहाँ कति कति
खरानी उत्साहहरु दोषको ढिकिमा कुट्ने यहाँ कति कति

झुठो आश्वासनको धरहरा अग्लो भो, सक्छौ समथल सदभाव देखाउ
हर किमतमा निच तुल्याउन टुट्ने यहाँ कति कति
निस्सासिएको यो एक मुठ्ठी सास दबाउन उठ्ने यहाँ कति कति

एउटा सानो सपनाको पछाडी लाग्दा ठक्कर निकै ठुलो
सामान्य दुर्घटनामा पर्दा सहयोगी हात छुट्ने यहाँ कति कति
अमृतको आशमा मृत लासलाई चुट्ने यहाँ कति कति

परिश्रमको फल मिठो रे, खै कहाँ छ फल ?
भोको पेटको निस्तो गाँस थुत्ने यहाँ कति कति
जुनको उज्यालो चाख्न निर्दोश ताराहरु धुत्ने यहाँ कति कति

भौतारिएँ टाढा टाढा, यथार्थ जहाँ उस्तै उस्तै
निन्द्रा कहाँ छ र नाटक गरी सुत्ने यहाँ कति कति
दिउँसै तिम्रो विश्वासको टुडिखेल मुत्ने यहाँ कती कति

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s