काठमाडौँमा तिन तले घर

kathmanduMaGhar

म विदेशिएको आज लगभग ५ वर्ष
आधिक तनाब, मध्यम अनिदो , न्युन हर्ष
सामाजिक विवशताको प्रतिफल, मलाई कहाँ थियो रहर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

के गर्दैछु भन्ने चेतना थिएन,
जब आज चेत भयो, परिस्थितिले दिएन,
आए निर्दोष भिडको पछि लागेर
के गर्नु अहिले देशको माया जागेर
रातो पासपोर्ट, पी आर र ग्रीन कार्डको असहज कर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

सुन्छु देशको अवस्था अझै उस्तै छ रे,
देशको अर्थतन्त्र सबै रेमिट्यान्समा परे
किन नहोस पनि, पौरखी हात विदेशमा
समाज भौतिक सम्पन्नताको देखावटी रेशमा
फल्दैन रैछ बोटमा डलर र युरो हरहर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

दुख सुख जे सुकै होस्,
चाहे गरिबी भोग्नु परोस,
म नेपालमै पसिना चाहन्छु बगाउन
म देशको विकासमा चाहन्छु सगाउन
युग बदल्ने सोच, यो युवा जोश जागर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

आमा भन्छिन, ” त सकेसम्म विदेशै बस ,
यहाँ न काम, न दाम; आएर के गर्छस?”
बढ्दो महंगी, बेरोजगारी, अस्तव्यस्तता
मेरो घरको मात्रै हैन देशको साझा व्यथा
आमा पनि विवश, छोरोको भविष्यको डर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

अब ४-५ वर्षमा, आमा धमिलो देख्लिन
कामेका औलाले च्याटमा खै के लेख्लिन
आमा बा दुबैलाई मधुमेह होला, अनि उच्च रक्तचाप
सार्हो गार्हो हुदा नि छोरा-छोरी छैनन, यो कस्तो श्राप
दाजु-भाउजु र भाइको विदेशिने चटारो तरखर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

आमा बा फ्याट्ट कुनै दिन सार्होमा पर्लान
तै काका मामा आएर केहिदिन हेरचाह गर्लान
विदेशमा कौन सा अमृत पाएको छु टन्न भाउ लिन
मलाई यहाँ केहि भए ‘आमा’ भन्न पाउदिन
चुहिदै होला गाउको पुर्खेलि झुपडी खर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

आमा बा अर्को चोटी आउदा अनलाइन skype र viber
सुन्न पाउदा कस्तो हुन्थ्यो, छोरा फर्की चाडै घर
म पनि भन्थे होला, फर्किन्छु आमा छिट्टै सकेर पढाई
बनाउन सक्षम सबल देशको नया युगलाई
यस्तै सस्तै कल्पना यहाँ, छट्पट सुन्य प्रहर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

आमा बा देश विकासमा अब केहि सक्रियता लेउ
हामीलाई देश फर्किने मौका, साहस र उत्साह देउ
नचलोस अर्को पिढीमा यो विदेशिनुको मार्मिक दोहोरी
गर्वका साथ आफ्नै देशमा कर्म गरुन हाम्रा छोरा छोरी
केहि गर्ने हिम्मत लिई फर्कौ हामी आ-आफ्नो गाउ सहर
मेरी आमाको सपना, काठमाडौँमा तिन तले घर

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s