उडानः भाग १

1275495_636445489721858_663312841_o

चैत्र महिनाको सुख्खापनले मेरो गहुँगोरो वर्णको साधारणतहः चिल्लो रहने अनुहारपनि खस्रो महसुस गरेँ। मानौँ घानाको राजधानी आक्राको कुनै गल्लिको रातोमाटे फुस्रो फुटबल चउर जस्तो। हुन त देखिने गरिको खालि ठाउँ अनुहारमा कति नै बाँकि छ र! यो सम्झेर अघि खिन्न भएको मन फेरि उत्साहित भयो। दाह्रि, जुङ्गा र अन्य रौँहरुले झप्क्कै फक्रिएको मेरो अनुहार। अन्तिम पटक टोपज कहिले रगडेको थिएँ; त्यो पनि याद छैन​।

नामः दिपक दाहाल। उमेरले २७ वर्ष। आफुले आफुलाई जिवित महसुस गरेको भने भर्खर २ वर्ष हुदैछ। इन्जिनिएरिङ डिग्रि थन्केर धुलो जमिसक्यो। कहाँ छ त्यो पनि खोजि हुदैन हिजोआज। साना-तिना मार्केटिङ, दुई-चारवटा कल सेन्टर र एउटा सुपर मार्केटमा दौडेको पेशागत अनुभव​। साथिको पुरानो जिन्सको पाइन्ट सापट मागेर लगाएको छु।​। पाइन्टमा चार खल्ति; दुईटा अगाडि दुईटा पछाडि। अगाडिको एउटा प्वाल परेको, अर्को खालि। पछाडिको दायाँ खल्तिमा भाईटिकामा पाएको  ज्याक र रोजको तस्विर अङ्कित टाइटानिक रुमाल, बायाँ खल्तिमा लगभग रित्तो पर्स। ५० रुपैयाँमा किनेको त्यो पर्स र त्यसमा मात्र​ २५ रुपैयाँ। पुरै भुक्का टुरिस्ट​। असनको एउटा अध्यारो चोकमा जिर्ण मल्लकालिन टहरो छ​। त्यहि टहरोमा रहेको बेनाम नाट्यशालामा नौटंकि सिक्दैछु; सौखको रुपमा। अमेरिकाको भिसा दुई पटक र अस्ट्रेलियाको भिसा एक पटक रिजेक्ट खाएर टन्न भरिएको म​। त्रिवि मानविकि तथा सामाजिक शास्त्र सङ्काय स्नाकोतर तह दोस्रो सेमेस्टरमा अध्ययनरत मनोविज्ञानको विध्यार्थि। समग्रमा भन्नुपर्दा बा-आमाको लगानि पुरै फाँक भा’को अवस्था। घर​-छिमेक र नातेदारकालागि भने भिरबाट खस्न आँटेको गोरु। इंग्लिसमा ‘A complete hopeless case’।

प्रख्यात स्विस मनोवैज्ञानिक कार्ल युङ्को निक्कै ठुलो प्रसंसक म​। उनैको ‘पुर्वीय दर्शन र मनोविज्ञान’ को लेक्चर लिन आज किर्तिपुर धाएको थिएँ; नत्र कक्षाकोठाको बाटो बिर्सने बेला भैसकेको थियो। म प्राय स्वअध्ययनमा रमाउने मान्छे। आफु भन्दा एक युग पछाडिका (अहिलेका फेसबुक र भाइवर युगका) प्राय: कलिला ठिटा-ठिटी लसपस गर्ने ठाँउ अर्थात ‘Garden of Dreams’। त्यहि गार्डेनसगैँ जोडिएको छ केशरमहल पुस्तकालय ,मेरो स्वअध्ययन गर्ने विध्यालय । सबै थरिका किताबसंग मेरो लगाव छ। दर्शनशास्त्र, मनोविज्ञान र इतिहास अति नै खास लाग्छ​। किताबहरुसगैँ त्यहाँ म ‘time travel’ गर्छु। कहिलेकाहिँ त लाग्छ म कुनै गहिरो ध्यान तप्स्यामा छु :शुन्य। ध्यान खुल्दा साँझ कलिलै हुन्छ​। बाहिर दिनभरको प्रेमलाप सकेर ‘Garden of Dreams’ बाट निस्केका अत्रिप्त तर लोभलाग्दा अधबैँसे जोडी देखिन्छ​। घुटुक्क थुक निल्छु। आफ्नो दायाँ-बायाँ हेर्छु। देवदास बन्छु अनि पाइला आघि घिसार्छु। मेरो दैनिकी यस्तै छ।

लेक्चर सकियो-सकिएन थाहा भएन! कुन होसमा, कतिबेला, कता हिँडेछु; आफुलाई त्रिवि क्रिकेट मैदान माथिको डाँडामा पो भेटेँ। नेपालमा क्रिकेट फस्टाउदैछरे! खै मैदानमा दुबो र घाँस अनि त्यहाँ चरिरहेका गाई-भैँसीचाहिँ फस्टाएको पाएँ। यसैबिच छेउमा चिया पसल र त्यहाँकी दिदीले मलाई नियाल्दै गरेको भेउ पाएँ। एक्कासि चिया र चुरोटको तलतल लाग्यो । मौन निम्न्त्रणा सम्झेर उतै हान्निएँ।

पसल्नी दिदी बाहेक पसलमा अरु कोही देखिनँ ​।

“दिदी! एक गिलास दुध चिया र एउटा शिखर चुरोट​”।

मैले आँखा जुधाएर टाढैबाट​ आफ्नो आवश्यकता पोखेँ। सायद स्वर पनि अलि चर्कै थियो। उनी आत्तिन् वा डराईन् थाह भएन। चुपचाप तर्किदै अत्ताल्लिएर भित्र दौडिन्। मेरो चिया र चुरोट आउँछ आउँदैन ठेगान भएन। पसलको ढोका छेउको अघि पसल्नी दिदी बसेको प्लास्टिकको मर्न आँटेको कुर्सि तानेर चिया, चुरोट र तिनै दिदीलाई पर्खिने निधो गरेँ।

आँखा ‘panaroma’ मोडमा वरिपरि घुमाएँ। डाँडाको पल्लो छेउमा दुई जोडीहरु आफ्ना आफ्ना मायालुसंग मनसुने जुकाझैँ लपक्क टाँसिएको देखेँ। तोइट​!

सुस्केरा हाल्दै मन-मनै कल्पिएँ, “काश! दिपिका आज यहाँ मसँग हुन्थिन्!”

क्रमश​:

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s