उडानः भाग २

1275495_636445489721858_663312841_o

दिपीका श्रेष्ठ। उमेर २५ वर्ष। अध्ययनको शिलशिलामा विगत ५ वर्षदेखि अमेरिकाको मिनोसोटा स्टेटको मानकातो सहरमा बस्दैछिन्। International Business मा Bachelor’s सकेर एउटा सफ्टवेयर कम्पनीको मा काम गर्दै। मनमनै MBA गर्ने दरो अठोट बोकेकी। उनीसँग मेरो भेट करिब ७ वर्ष पहिले भएको थियो,मेरो साथी निशाको बर्थ डे पार्टीमा। निशाको बोयफ्रेन्ड दिनेशको बहिनी उनी। दिनेशसँगै आएकी थिईन्। सेतो कुर्था-सुरुवाल लगाएकी, लामो कालो कपाल खुल्ला छोडेकी, गलामा सक्कलीझैँ देखिने टल्किने हार लगाएकी। गाजलु साना तर चुलबुले आखाँ। दाहिने गालामा सानो छड्के खत​। बेला बेला उनी मुस्कुराउँदा मनमा साउन-भदौको उर्लदो कर्नाली बग्ने। हल्का काली र म भन्दा अग्ली भएर मात्र नत्र पछाडी पखेँटा जोड्ने हो भने सानो तिनो परीझैँ देखिने। उनी भन्दा खाइलाग्दा र राम्रा परीहरुको आगेपिछे गर्ने म पनि सानो तिनो कामदेव, पहिलो भेटमा उनीलाई नोटिस त गरेँ तर खासै बाल दिईनँ​। जोसगँ जे पनि बोल्ने, खुला किताब उनी। १८ वर्षे तर बदमास चकचके बच्चा उनी। केटीमा हुनुपर्ने गुण उनमा खोज्न धेरै नै मेहनेत गर्नुपर्ने। निशा मार्फत उनी कक्षा १२ को परिक्षाको तयारी गर्दै गरेको थाह पाएँ।

उनीकै बारेमा निशासँग हल्का रिसर्च गर्दैथिएँ, उनी एक्कासी मेरो आगाडि प्रकट भइन्, आनि मेरो आखाँमा आखाँ जुधाएर धम्कि दिइन्, “तपाईँको ईमेल आइ-डी के हो?”

निशा र म एक-अर्कालाई हेरेको हेर्यै भयौँ। निशा मुस्कुराइन् अनि मेरो ईमेल खर्रर भट्यायिन्।

“Thank you” यति भन्दै उनी जुन बाटो आएकी थिईन् उतै लागीन्, लगाम लगाएको घोडा जस्तै त्यसमाथि भाव-शुन्य चेहरा लुकाएर​। निशा र म एक-अर्कालाई हेरेको हेर्यै भयौँ। निशा मुस्कुराइन्। म बेजोडले हाँसे।

करिब ७ महिनामा हाम्रो कहानी ईमेल, MSN मेसेन्जर, Hi5 हुदै फेसबुक सम्म आइपुग्यो। । के गर्नु पापी समाज र काठमान्डुको बढ्दो जनसङ्ख्याले, बाहिर खुलेर भेट्नै पाइएन्। ई-डेटिङमै चित्त बुझाउनु पर्यो। उनि बोलेको बोलै गर्थिन्, म सुनि मात्र रहन्थे। स-साना कुरामा पनि उनि खै कसरी-कसरी ठुला ठुला कथाहरु भेट्थिन्, म अच्चम पर्थेँ। उनि सपनाको कुरा गर्थिन्, भावनाको कुरा गर्थिन्,योगको कुरा गर्थिन्, राजनितिको कुरा गर्थिन्, देश विकासको कुरा गर्थिन्, विश्व भ्रमणको कुरा गर्थिन्, ब्रम्हाण्डको कुरा गर्थिन्। आफ्नो अनुहार धुर्मुसे भएपनि सोनम कपुर भन्दा कमकी केटीसँग माया नगर्ने बाजी ठोकेको थिएँ केटाहरुसँग। ध्वस्त हारियो। दिपीकाले आवारा, पागल अनि दिवानानै बनाईँदिन्। म हिजो-आजपनि कहिलेकाँही सोच्छु; मलाई त उनको स्वभाव र बोलीले तान्यो तर ममा त्यस्तो खास के थियो र​, छ र? खैर​, केहि छैन। कुनै दिन गतिलो जवाफ भेटिएला, फिलहालचाँहि डार्विन लाई धन्यवाद।

दिपिकालाई अन्तिम पटक भेटेको पनि आज ६ वर्ष नाघिस्क्यो। आमा निक्कै बिरामी भएकाले म गाउँ गएको थिँए। उनको भिसा लागेछ​। मलाई करोडौँ कल गरिछिन, लाखौँ ईमेल गरिछिन, तर व्यर्थ। गाउँमा न नेटवोर्क न ईन्टरनेट नै। भारी मुटु बोकेर उनि उडिछिन्। आमालाई एक महिना पछि चेक​-अप गराउन सदरमुकाम जाँदा उनिलाई फोन गर्न हज्जारौँ कोशिश गरेँ, तर असफल​। तड्पिदै, ईन्टरनेट क्याफे हान्निएँ। ४१ दिनमा १०३ वटा दिपिकाको ईमेल। आमाभन्दा म सिकिस्त भएँ। अर्को एक महिना पछि आमालाई अलि सन्चो भयो, म सहरतिर फाइनल जाँचको तयारीमा घाईते बाघझैँ हान्निएँ।

सुरु सुरुमा ईमेलमा नयाँ-नयाँ मानिस, ठाऊँ र सहरका अनेक रङ लेख्नेगर्थिन्, स्काईपमा कहिलेकाँहि कुरा हुन्थ्यो। उनको पढाई र कामको व्यस्थता, समयको घन्टौँ फरक​, यहाँको लोडसेडिङ; हामी फरक-फरक संसारमा बाँचिरहेझैँ लाग्न थाल्यो। विस्तारै ईमेल, स्काईप, कल कम हुँदै गए, दुरी क्रमश बढ्दै गयो। ठप्प भो।

माया अझै छ​, नभएको होइन​। तर कहाँ छ? कसरी छ​? किन छ? मलाई थाह छैन​। अन्तिम पटक, ४ महिना अघि नयाँ काम सुरु गरेको छोटो छरितो मेसेज गरेकी थिईन्। मसँग नौलो समाचार केहि नभएकाले जवाफ केहि दिईन​। “Congrats!” यत्तिमै समेटिदिएँ मेरा मनका सारा सुनामीहरु।

पछाडिको ख्यास्राक​-खुस्रुकले म झस्किएँ।

“अङकल​, चिया र चुरोट​।” मेरो छेउमा एक जोर निर्दोष आखाँहरु देखेँ र कलिला हातमा; एउटामा चिया र अर्कोमा चुरोट र सलाई देखेँ। म पशुपतिको साधुले भिक्षा ग्रहण गर्दाझैँ दुवै हात निहुरेर फैलाएँ। ति नानीले चिया, चुरोट र सलाई थमाईदिईन्।

“Thank You”, मैले चियाको पहिलो घुट्को तान्दै भने। स्कुले पोसाकमा घाँटिमा जबर्जस्ति बाँधिएको टाई बटार्दै मलाई ति नानीले एकटक मौन हेरिरहिन्।

“सानु!ड्रेस फेरेर खाजा खान आउ त​।” पसलको टहरोबाट मायालु  तर तिखो आवाज आयो।

“आएँ मम्मी!” मलाई फर्कि-फर्कि नियाल्दै सानु टहरोतिर दौडिन्।

साँझको झिसमिस बढ्दै थियो। म एकाग्र थिएँ, चिया र चुरोटमा। यत्तिकैमा मेरो मोबाईलको घण्टी बज्यो। भुईँमा फालिएको मरेतुल्य मेरो ख्याउटे झोलाबाट मोबाईल झिकेँ।

‘Aapey’ Calling!

मेरो साथी ‘आँपे’ उर्फ विनोदको कल रहेछ​।

क्रमश​:

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s