खोज​

1614324_754417957924610_1260176165178613603_oलौ सुन सुन साथी हो, सबै साथी सुन​
सुन्ने साथी सुन​, सुनेकोझैँ गर्ने साथी सुन​
म आज फेरि बौलाएँ!

म सध्य छु भन्ने नाटक गरेर बौलाएँ
म घर समाज परिबन्ध परेर बौलाएँ
म बसन्तमा फुस्रो पात झरेर बौलाएँ
म सपना उत्साह आकाङ्क्षा मरेर बौलाएँ
म ठ्याक्कै तिमी जस्तै बौलाएँ
उठ्, खट्, खा, सुत्, उठ्, खट्
म यस्तै बौलाएँ!

म आफ्नो बास गुँड छोडेर बौलाएँ
म जमनाको रिति रिवाज तोडेर बौलाएँ
म आफ्नो बाटो आफैँ मोडेर बौलाएँ
म उर्वर माटो रित्तो पैसै गोडेर बौलाएँ
म दुरुस्त तिमी जस्तै बौलाएँ
उठ्, खट्, खा, सुत्, उठ्, खट्
म यस्तै यस्तै बौलाएँ
लाखौँ करोडौँको मोल तोल यहाँ
म भुक्का टाँट सस्तै बौलाएँ!

म बालापन निर्दोष पवित्रता भुलेर बौलाएँ
म अपेक्षा दोष भुमरी झुलेर बौलाएँ
म अन्धो कार्तिके कुकुर आवारा डुलेर बौलाएँ
म लाज पचेको समाज सर्वाङ्ग खुलेर बौलाएँ
म दुरुस्त तिमी जस्तै बौलाएँ
उठ्, खट्, खा, सुत्, उठ्, खट्
म यस्तै यस्तै बौलाएँ
लाखौँ करोडौँको मोल तोल यहाँ
थुक्क साला! म भुक्का टाँट सस्तै बौलाएँ!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s